विजयको दोस्रो अन्तिम चलचित्र ‘GOAT’को पहिलो दिनको कलेक्सन १२६ करोड भारु



थलापथी विजय र निर्देशक वेनकट प्रभुको ‘द ग्रेटेस्ट अफ अल टाइम’ अर्थात् ‘GOAT’ ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ। यसले विश्वव्यापी रूपमा १२६ करोड रुपैयाँभन्दा बढीको कमाइ गरेको छ। अभिनेता थलापथी विजयले यो कलेक्सन रिपोर्ट आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

स्पाई थ्रिलर चलचित्रले घरेलु बक्स अफिसमा करिब ४३ करोड रुपैयाँ नेट कमाइ गरेको भारतीय मिडियाहरूमा खबर छ। मिश्रित समीक्षा प्राप्त भए पनि, चलचित्रले विश्वभरका हलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। भारतीय बक्स अफिसबाहेक, चलचित्र अन्तर्राष्ट्रिय बजारहरूमा पनि जबरजस्त व्यापार गरिरहेको छ। नेपालमा पनि यो चलचित्रको व्यापार राम्रो रहेको वितरकहरूले बताएका छन्। 

चलचित्र सेप्टेम्बर ५ मा विश्वभरका विभिन्न भाषाहरूमा रिलिज भएको थियो। पहिलो दिन यस चलचित्रले भारतमा ७६.२३ प्रतिशत अकुपेन्सी हासिल गरेको थियो। यो चलचित्रले बक्स अफिसमा नयाँ कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।

यो विजयको राजनीति प्रवेश गर्नु अघि दोस्रो अन्तिम चलचित्र हो। वेनकट प्रभु द्वारा निर्देशित यस चलचित्रमा विजयले दोहोरो भूमिकामा अभिनय गरेका छन्। उनीसहित अन्य प्रमुख कलाकारहरूमा प्रशान्त, प्रभुदेवा, मोहन, स्नेहा, जयाराम, लैला, मीनाक्षी चौधरी र अजमल अमीर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu