‘सक्किगोनी’का ‘काकु’ले चलचित्र बनाउने, टिममा खटपटको चर्चा



काठमाडौं। चर्चित टेलिभिजन शृङ्खला ‘सक्किगोनी’ का काकु पात्रको भूमिकामा चर्चित दीपकप्रसाद आचार्य अब चलचित्र निर्देशनतर्फ अघि बढेका छन्। चलचित्र विकास बोर्डमा दर्ता भइसकेको उनको चलचित्रको नाम ‘परान’ हो। हाल उपलब्ध जानकारी अनुसार, यस चलचित्रमा कलाकार शिवराम लामिछाने र प्रसाद आचार्यको नाम सामेल गरिएको छ।

‘परान’ चलचित्रलाई प्रिमियम प्रोडक्सन प्रालिले निर्माण गर्नेछ भने सुष्मा गुरागाईँ यसको निर्मात्री हुनेछिन्। निर्मात्री गुरागाईँले चाँडै पत्रकार सम्मेलन मार्फत औपचारिक रूपमा चलचित्रको घोषणा गर्ने योजना बनाइरहेकी छन्।

अर्कोतर्फ, ‘सक्किगोनी’ का अन्य कलाकारहरू कुमार कट्टेल (जिग्री ब्रो), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) र हरिस निरौला (कक्रोच) नयाँ चलचित्र ‘लाज शरणम’को छायाङ्कनमा निस्केका छन्। ‘लाज शरणम’ चलचित्रको घोषणा पछि आचार्य र टिमका अन्य सदस्यहरूबीच असमझदारीको हल्ला बजारमा फैलिएको छ।

आचार्यले यस्तो अवस्थामा ‘परान’को निर्देशन गर्न लागेको घोषणा गरेका हुन्, जसले गर्दा टिममा आन्तरिक खटपटका बारेमा थप अडकलहरू गर्न थालिएको छ। पछिल्लो महिनादेखि ‘सक्किगोनी’का शृङ्खलाहरूमा आचार्यलाई देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu