प्रदर्शनमा रहेको चलचित्र ‘वर एण्ड वधु’को रोमान्टिक गीत ‘माया’ सार्वजनिक



काठमाडौं। गत शुक्रवारदेखि प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘वर एण्ड वधु’ को नयाँ रोमान्टिक गीत ‘माया’ सार्वजनिक गरिएको छ। यस गीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको स्वर रहेको यो गीत शैलेन्द्र खनालको शब्द र युग भुसालको सङ्गीत रहेको छ।

सार्वजनिक गरिएको भिडियोमा चलचित्रका प्रमुख कलाकार आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ। गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वर एण्ड वधु’ मा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रवीन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, र हिमेश पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जानुका थापाको लगानी रहेको छ भने अमित रिजाल कार्यकारी निर्माता हुन्। चलचित्रको छायाङ्कन सुदिप बरालले गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu