चलचित्र ‘आँखा’को थिम गीत ‘खुसी’ सार्वजनिक, सुकुम्वासी बस्तीको कथा प्रस्तुत



काठमाडौं। सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘आँखा’ को थिम गीत ‘खुसी’ सार्वजनिक भएको छ। यो गीतले सुकुम्वासी बस्तीमा विवाह गरेर गएकी एक पात्रको कथा प्रस्तुत गरेको छ, जसमा स्मिता लामिछाने, आरके मेहता र विजय बरालका केही घतलाग्दा दृश्यहरू देख्न सकिन्छ।  

‘खुसी’ गीतमा पवन गिरी र मिना सिंहको स्वर रहेको छ, भने यसको शब्द प्रकाश मल्ल र राम अविरल विष्टले लेखेका हुन्। यसको सङ्गीत दीपक आरजेले गरेका छन् भने सङ्गीत निर्माता तथा एरेन्जर गङ्गा थापा हुन्। गीतको मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रयू श्रेष्ठले गरेका छन्। यसमा पियानो र सेलो इलिन जोआना ओ’नेल थापाले बजाएका छन्, कोरस स्वर निभा डङ्गोलको छ, बाँसुरी रोशन पुतवारले बजाएका छन्, भायोलिन फोबी श्रेष्ठले, ध्वनिक गिटार सञ्जय बिकेले, र गिटार गङ्गा थापाले सम्हालेका छन्।

‘आँखा’ चलचित्र सुकुम्वासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमिमा राखेर समाजको चित्रण गर्ने प्रयास हो। निर्देशक जोन योन्जनले यस चलचित्रको कथा, पटकथा लेखन र निर्देशन गरेका छन्। स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूले अभिनय गरेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन् भने आरआर फिल्म्सले वितरण गर्दैछ। चलचित्रलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो।  

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu