काठमाडौंमा चलचित्र ‘देवी’को प्रिमियर



काठमाडौं। शुक्रवार प्रदर्शन हुने नेपाली चलचित्र ‘देवी’को भव्य रेड कार्पेट प्रिमियर शो बुधवार कमलपोखरीस्थित बिग मूभिज हलमा सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार लगायत कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रिमियर शोमा अभिनेता कर्मा शाक्य, गजित बिस्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, र निर्देशक सौरभ चौधरीसहित चलचित्रका मुख्य कलाकार शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी, र निर्देशक संजोग राई उपस्थित थिए। चलचित्र हेरेपछि उपस्थित व्यक्तिहरूले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्।

निर्देशक सौरभ चौधरीले ‘देवी’ जस्तो कन्टेन्ट बेसको चलचित्र निर्माण हरेक मेकरको सपना हुने बताए। समाजमा भइरहेका बलात्कारका घटनाहरू र कानुनी प्रक्रियालाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको उनले बताए। अभिनेत्री सृष्टि श्रेष्ठले पनि चलचित्रले बलात्कार र महिला हिंसाका विषयमा उठाएको मुद्दाले भावुक बनाएको बताउँदै, कानुनको प्रभावकारी कार्यान्वयनको जरुरी रहेको विचार व्यक्त गरिन्।

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ। सन्जोग राई निर्देशित यो क्राइम थ्रिलर चलचित्रलाई एक्जिबिट स्टुडियोले प्रस्तुत गरेको हो। ‘देवी’लाई बाँसुरी फिल्म्सको सहकार्यमा वितरण गरिएको छ।

रेमन गुरुङ र सन्जोग राई निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान हुन् भने सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ, र मिलन लामा हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu