चलचित्र ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक, कात्तिक ३० मा तीन चलचित्र रिलिज हुने



काठमाडौं। मङ्गलवार नेपाली चलचित्र ‘केटी हराएको सूचना’को टिजर सार्वजनिक गरिएको छ। करिब एक मिनेट लामो टिजरले चलचित्रको कथा र विषयवस्तुमा प्रकाश पार्दछ। 

टिजरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठबिचको प्रेम सम्बन्ध देखाइएको छ, जसले अन्त्यमा सृष्टिलाई नाजिरले बन्धक बनाएको दृश्यमा पुगेर टुङ्गिन्छ। टिजरले चलचित्र धोका र बदलाको कथामा आधारित रहेको सङ्केत गर्दछ।

यस चलचित्रको प्रदर्शन मिति कात्तिक ३० गतेका लागि तय गरिएको छ। सोही दिन अभिनेता निता ढुङ्गाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ र अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘बम बहादुर’ पनि प्रदर्शनमा आउँदै छन्।

‘केटी हराएको सूचना’को निर्देशन डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन्। चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, र ललिता देवी मिश्रको पनि अभिनय रहेको छ। नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा दीपेन्द्र गौचनले स्वयं स्क्रिप्ट लेखन गरेका छन् भने छायाङ्कन अमर महर्जनले गरेका छन्।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu