चलचित्र ‘राजागञ्ज: पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट



काठमाडौं। नेपाली चलचित्र ‘राजागञ्ज: पूजा, सर’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २९ औँ संस्करणमा छनोट भएको छ। यस चलचित्रलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन्, जसले यसअघि ‘हाइवे’ र ‘ह्वाइट सन्’ जस्ता चलचित्रहरूको निर्देशनमार्फत ख्याति कमाएका थिए। 

बुसान फिल्म फेस्टिभलले मङ्गलवार सार्वजनिक गरेको सूचीमा ‘राजागञ्ज: पूजा, सर’ लाई ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छनोट गरिएको उल्लेख छ। यो फेस्टिभल आगामी अक्टोबर २ देखि ११ सम्म दक्षिण कोरियाको बुसान सहरमा आयोजना हुनेछ।

चलचित्रको कथा एक सांसदको छोरा सहित अन्य दुई बालक अपहरणमा परेको घटनामा केन्द्रित छ, जसलाई मुक्त गराउन प्रहरीले सञ्चालन गरेको खोजी अप्रेसनलाई चलचित्रले चित्रण गरेको छ। यस चलचित्रमा आशा मगरातीले प्रमुख भूमिका निर्वाह गरेकी छन्, भने दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, र नीरज श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ। 

यस चलचित्रको वर्ल्ड प्रिमियर गत साता इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu