ओपेरा ट्युन्सबाट ‘ईन्टेक १९९३’ र लिम्बु भाषाको ‘लुंगा’ बजारमा



intake

यसअघी लिम्बु भाषाका कुई गीति एल्वम बजारमा ल्याईसकेका गायक मान लबेबुङ (नजाम)ले आफ्नो पछिल्लो एल्वम नेपाली भाषाको ‘ईन्टेक १९९३’ र लिम्बु भाषाको ‘लुंगा’ बजारमा ल्याएका छन् । नजामका दुबै एल्वमको बरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एकैसाथ सार्वजनिक गरे ।

सार्वजनिक एल्वम ‘ईन्टेक १९९३’ मा संगीत ताराप्रकाश लिम्बु र कमल खत्रीको र ‘लुम्गा’मा ताराप्रकाश सँगै गायक स्वयंमको रहेको छ । ‘ईन्टेक १९९३’मा आठ गीत समावेश छन । भने ‘लुम्गा’मा सात गीतले स्थान लिएको गायक नजामले जानकारी दिए ।

कर्यक्रममा बोल्दै गीतकार डा. बरालले लिम्बु र नेपाली दुबै भाषाको एल्वम एकैसाथ सार्वजनिक गरेकोमा नजामको मेहनतको प्रसंशा गरेका थिए । नजामका उल्लेखित दुवै एल्वमलाई सत्यराज चौलागाईंको कम्पनि ‘ओपेरा ट्युन्स म्युजिक प्राली’ले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu