चलचित्र ‘दुखी आत्मा’मा अनुपविक्रम शाहीको प्रवेश



काठमाडौं। नेपाली चलचित्र ‘दुखी आत्मा’मा अनुपविक्रम शाहीको प्रवेश भएको छ। निर्देशक दीपेन्द्र लामाको यस चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्धित भएका छन्।

यसअघि दयाहाङ राई र आँचल शर्मा जस्ता चर्चित कलाकारहरू यस चलचित्रको प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन्। निर्देशक लामाका अनुसार, अनुपविक्रमको चरित्र कथाको मागअनुसार छनोट गरिएको हो, र उनी यस भूमिकाका लागि उत्तम छन्।

दयाहाङ राई र अनुपविक्रम शाही यसअघि ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ जस्ता चलचित्रहरूमा एकसाथ काम गरिसकेका छन्। अब तेस्रो पटक उनीहरू ‘दुखी आत्मा’मा पनि एकसाथ देखिने भएका छन्।

चलचित्रको छायाङ्कन आगामी २४ भदौबाट सुरु हुने बताइएको छ। ‘दुखी आत्मा’लाई क्लक वर्क क्रियसनको ब्यानरमा निर्माता हिमाल कडरियाले प्रस्तुत गर्दैछन् भने, छायाङ्कन आलोक शुक्लाले गर्नेछन्। निर्देशक दीपेन्द्र र निर्माता हिमालको यसअघिको सहकार्यमा बनेको चलचित्र ‘नाङ्गो गाउँ’ नेपाली चलचित्र क्षेत्रमा सुपर हिट साबित भएको थियो।

सामाजिक हास्य विधामा निर्माण गरिने यस चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, र आँचल शर्माका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अङ्कित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, र यासेली योङहाङको पनि अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu