‘रावायण’को गीत ‘करेजा निकरी’ सार्वजनिक



काठमाडौं। यो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को बहु प्रतीक्षित आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ। यस गीतमा सोनु कक्कर र समीर चौरासियाको आवाज रहेको छ भने प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको सङ्गीत छ। 

पल शाह, प्रकाश शाह, कैलाश रावल, र निकिता चण्डकको नृत्यले गीतको भिडियोलाई रोचक बनाएको छ। विक्रम स्वारको कोरियोग्राफी र सुनिता श्रेष्ठको कष्ट्युम डिजाइन रहेको छ। 

गीतमा निकिता चण्डकको ग्ल्यामरस लुक्स र प्रकाश शाहको तराई मूलको गेटअपले दर्शकको ध्यान खिचेको छ। अभिनेता पल शाहको अप्रत्याशित प्रवेश पनि रोचक छ। 

‘रावायण’को निर्माण सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा भएको हो, जसकी निर्माता पूजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्। 

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, निकिता चण्डक लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन तथा सौरभ लामाको छायाङ्कन रहेको छ। 

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ, भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu