चलचित्र विकास बोर्डमा जागिर खान आएको होइन – अध्यक्ष दिनेश डिसी



काठमाडौं। चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पछिल्लो समय चलचित्र निर्देशक, अभिनेता तथा सञ्चारकर्मीको रूपमा स्थापित डिसीलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। 

आइतबार नियुक्तिको औपचारिक पत्र बुझेपछि सोमबार पदभार ग्रहण गर्दै डिसीले आफ्नो कार्यकालको लक्ष्य स्पष्ट पारे। उनले भने, “बोल्ने काम धेरै गरियो, बोलेरै आवाजको दुनियाँको साथी भएको हो। यहाँ बोल्न हैन, काम गर्न आएको हुँ। मेरो एउटै स्टेटमेन्ट छ, म जागिर खान आएको होइन।”

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका डिसी चलचित्र निर्देशक समाजको अध्यक्षको भूमिकामा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनको यो अनुभवले चलचित्र विकास बोर्डको कार्यमा थप ऊर्जा र नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu