‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक



काठमाडौं- आगामी कात्तिक १५ (लक्ष्मीपूजा) मा प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ। यो टिजरले फिल्मका दुई मुख्य पात्र विजय बराल र प्रकाश सपूतको जीवन सङ्घर्षलाई उजागर गर्छ।

टिजरमा गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराको शैक्षिक सफलता, र बिछोडको पीडालाई प्रस्तुत गरिएको छ। टिजरलाई बुवाको मुख हेर्ने दिनको अवसर पारेर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ, जसमा सन्तानको लागि बुवाले गरेका बलिदान र सङ्घर्षलाई देखाइएको छ।

फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ। सरोज पौडेलको कथा र निर्देशनमा बनेको यो फिल्म सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति हो। 

फिल्मको कथा गन्धर्व परिवारको जीवनमा आधारित सामाजिक–ड्रामा हो, जसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। फिल्मको वितरण नेपाल र अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ। निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्ममा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल कार्यकारी निर्माताको भूमिकामा छन्। 

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu