चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष डिसीले सोमबार पदभार ग्रहण गर्ने



काठमाडौं। चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका दिनेश डिसीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्ने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

डिसीले नियुक्तिको औपचारिक पत्र आइतबार मन्त्रालयबाट प्राप्त गर्नेछन्। त्यसपछि सोमबार पदभार ग्रहणको कार्यक्रम आयोजना गरिएको बुझिएको छ।

डिसीलाई यो पदका लागि आवेदन दिएका ६ जनामध्ये छनोट गरिएको हो। उनले लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिँदै आएका छन् र उनी चलचित्र निर्देशक, अभिनेता, तथा सञ्चारकर्मीको रूपमा व्यापक रूपमा परिचित छन्। यसअघि, उनले चलचित्र निर्देशक समाजको अध्यक्षको भूमिकामा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।

चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पद भुवन केसीको कार्यकाल समाप्त भएपछि केही समयदेखि रिक्त थियो। डिसीको नियुक्तिले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा र मार्गदर्शनको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu