आवश्यकताको अगाडी सबैकुरा जाहेज हुने यो कस्तो ‘शहर’ ?



shahar

[dropcap][/dropcap]लानो क्रियशनले निर्माण गरेको टि.भी. फिल्म ‘शहर’ को सुटिङ सकिएको छ । सटिङ सँगै सम्पादन कार्य पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । साढे दुई महिनामा सुटिङ सकिएको ‘शहर’ को प्रसारण मिती समेत सार्वजनिक गरीएको छ । टि.भी. फिल्म ‘शहर’ यहि जेठ ३१ गते देखी हरेक शनिबार राती पौने नौ बजे गण्डकी टेलिभिजनबाट प्रसारण गरीने फलानो क्रियशनले जनाएको छ । साप्ताहिक रुपमा प्रसारण हुने भए पनि यो धारावाहिक भने हुने छैन । हरेक अंकमा नाया कथा र पात्रहरु रहने हुँदा प्रत्येक अंक फरक हुने बताइएको छ ।

पोखरा शहरका बिभिन्न वर्गका मानिसको जिबनशैली र शहरमा बिकसीत मानबिय संस्कार नै टि.भी. फिल्म ‘शहर’ को बिषयबस्तु हो । पोखरा र आसपासका दर्शकले टि.भी. फिल्म ‘शहर’ को कथाबस्तुमा स्थानियता पाउने ‘शहर’ का लेखक तथा निर्देशक अपिल त्रिपाठी ले बताए । केही अंकहरु सत्य घटनामा आधारीत भएपनि घटना लाई केही परीमार्जित गरी पुर्ण मनोरञ्जक बनाइएको निर्देशक त्रिपाठीले बताए । शहरका सामान्य मानिसको असामान्य परीस्थीती लाई ‘शहर’ मा चित्रण गरीएको छ । नेपाली टेलिभिजनमा प्रायः नदेखिने बिषयबस्तु र प्रस्तुती शैली भएकोले पनि टि.भी. फिल्म ‘शहर’ दर्शकको लागी रुचीको बिषय हुने अनुमान गरीएको छ ।

टि.भी. फिल्म ‘शहर’ मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, सजीना क्षेत्री, ध्रुव थापा, आकाश दाहाल, निरज कार्की, निश्चल पौडेल, संजीता खनालका साथै पोखराका संचारकर्मीहरु दिपक परीयार, सन्तोष परीयार, रामचन्द्र राई, उमा आले, सुरज आचार्य, नारायण शाही लगायतले अभिनय गरेका छन् । सरोज अधिकारीको सिनेमाटोग्राफी र सुवास अम्गाईको सम्पादन रहेको ‘शहर’ मा ङुटुक गुरुङ्ग ‘टाइगर’ र फलानो क्रियशनको संयुक्त लगानी रहेको छ । युनाइटेड रेफरेन्स ल्याब्रोरेटरी, पोखराको मुख्य प्रायोजन, होटल प्राइड एण्ड स्पा, जोमसोमको प्रायोजन, फेवासिटी हस्पीटलको सह-प्रायोजन रहेको ‘शहर’ को प्रबर्द्दन परीचय एड्भटाइजिङले गरीरहेको छ ।

यस सँगै निर्माण कंम्पनीले ‘शहर’ को प्रोमो समेत सार्वजनिक गरेको छ । युट्युव मार्फत सवा एक मिनेट लामो प्रोमो सार्वजनिक गरीएको हो ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu