‘एक्टरः टेक वन’को क्यारेक्टर पोस्टरमा दिव्या रायमाझी, जन्मदिनमा पोस्टर उपहार



काठमाडौं। नेपाली चलचित्र ‘एक्टरः टेक वन’बाट ठुलो पर्दामा डेब्यु गर्न लागेकी अभिनेत्री दिव्या रायमाझीको जन्मदिनको अवसरमा शनिवार बिहानै उनको क्यारेक्टर पोस्टर उपहार दिइएको छ। निर्माण पक्षबाट सार्वजनिक पोस्टरमा दिव्यालाई कारको झ्यालबाट बाहिर हेर्दै गरेको देख्न सकिन्छ, जसले उनी सम्पन्न युवतीको रहेको सङ्केत गर्छ।

यो चलचित्रको चौथो पोस्टर हो। यसअघि शुक्रवार साँझ अभिनेता राजबल्लभ कोइरालाको पोस्टर सार्वजनिक भएको थियो, जसमा उनलाई अनुसन्धानकर्मीको भूमिकामा प्रस्तुत गरिएको थियो। प्रदीप खड्कालाई पाँच विभिन्न गेटअपमा र चोटैचोटको अनुहारमा देखाइएको पोस्टरहरू पनि चर्चा बटुलिसकेका छन्।

अभिनेता दिलीप रायमाझीको छोरी दिव्या रायमाझीको डेब्युलाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। चलचित्र रिलिज अगावै उनको ‘फलोअर्स’ सङ्ख्या उल्लेख्य छ।

‘एक्टर: टेक वन’ कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन हुँदैछ। यसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्देशन राजन भुसालले गरेका छन्। निर्माता थमन कुमारी भण्डारी हुन् भने क्रिएटिभ प्रोड्युसर मोती कार्की र लाइन प्रोड्युसर तोरन क्षेत्री हुन्। 

छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् र पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन्। चलचित्रको सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने चलचित्रको सम्पादन निमेश श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, र साउण्ड नविन श्रेष्ठले गरेका छन्। पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu