दुर्गेशले अन्त्य गरे ‘बीच्च बीच्चमा’, भन्छन्- दर्शक अपेक्षित गीत ल्याउन प्रतिबद्ध छु



काठमाडौं। गायक र सङ्गीतकार दुर्गेश थापाले यस वर्षको तीजमा आफ्नो लोकप्रिय ‘बीच्च बीच्चमा’ सिरिजको अन्तिम संस्करण ‘बीच्च बीच्चमा ७’ सार्वजनिक गरेका छन्। यस सिरिजले विगतका वर्षहरूमा दर्शक र श्रोताबाट व्यापक माया बटुल्दै आएको थियो, र दुर्गेशले यस पटक यसलाई विशेष रूपमा बिदाइ गर्ने निर्णय गरेका छन्।

‘बीच्च बीच्चमा ७’ एक जनचेतनामूलक र सन्देशमूलक गीतको रूपमा प्रस्तुत गरिएको छ, जसले नारीहरूको सम्मान र सांस्कृतिक स्वतन्त्रतालाई प्रमुख विषयवस्तु बनाएको छ। दुर्गेशले यस गीतको भिडियो निर्देशन आफैँले गरेका छन्, जसमा उनले एक बिधुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै महिलाहरूको स्वतन्त्रता र समानताको पक्षमा सशक्त सन्देश दिएका छन्।

मौसम हिमालीको नृत्य निर्देशनमा बनेको यस गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा पनि प्रमुख भूमिकामा देखिएका छन्। दुर्गेश र पेमाको यो दोस्रो सहकार्य हो, उनीहरू यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ प्रस्तुत भएका थिए।

दुर्गेशले यस गीतमा शब्द, सङ्गीत र स्वर आफैँले प्रदान गरेका छन्, जसमा एरेञ्ज साहस शाक्यको रहेको छ भने मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन्। भिडियोको सम्पादन मिलन विश्वकर्माले र छायाङ्कन नवराज उप्रेतीले गरेका छन्।

‘बीच्च बीच्चमा’ सिरिजको अन्तिम शृङ्खला दर्शक र श्रोताले पाएको अपार माया र समर्थनलाई नमन गर्दै दुर्गेशले आगामी दिनहरूमा पनि उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्। “तपाईँहरूले देखाउनु भएको मार्गदर्शनलाई म शिरोधार्य गर्दै आगामी दिनमा थप उत्कृष्ट र दर्शक अपेक्षित कोसेली ल्याउन प्रतिबद्ध छु,” दुर्गेशले भने।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu