चलचित्र ‘देवी’को नयाँ गीत ‘सेलाइदेऊ खोलामा’ सार्वजनिक 



काठमाडौं। क्राइम थ्रिलर नेपाली चलचित्र ‘देवी’को नयाँ गीत ‘सेलाइदेऊ खोलामा’ सार्वजनिक भएको छ। सुशान्त गौतमको सङ्गीत निर्देशन र सुष्मा सिग्देलको शब्द रचनामा तयार भएको यस गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर रहेको छ भने बाल गायिका अभानी अर्याल र शिक्षा लिम्बुको मिठो आवाजले गीतलाई आकर्षक बनाएको छ।

अभिनेता नाजिर हुसेन, गौरव पहारी, र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिकामा रहेको ‘देवी’का निर्देशक सञ्जोग राई हुन्।  उनले अजय गौतमसँग मिलेर स्क्रिप्ट लेखेका छन्। यो 

चलचित्र एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको हो र यसको निर्माण रेमन गुरुङ र सञ्जोग राईले गरेका छन्। कार्यकारी निर्माता जावेद खान हुन्, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ, र मिलन लामा रहेका छन्।

यसको टिजर, ट्रेलर, र यसअघि सार्वजनिक भएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ। यो चलचित्र भदौ २१ गते नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ।

‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजङ्ग खड्का, र विकास पन्तको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu