‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो चलचित्रमा राखिने



काठमाडौं। नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’ गीत सार्वजनिक गरेसँगै दर्शकहरूलाई विशेष अवसरको प्रस्ताव गरिएको छ। निर्माण टिमले ‘छड्के सलाम’ गीतमा आधारित कभर भिडियो बनाएर चलचित्रमा समावेश हुने अवसर प्रदान गरेको हो।

दर्शकहरूले ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनु पर्नेछ। भिडियो एचडी क्वालिटीमा हुनुपर्नेछ। आफूले बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर, निर्माण टिमको आधिकारिक इमेल [email protected] मा पठाउन सकिन्छ। जुनसुकै उमेरका व्यक्तिहरूले यस कभर भिडियो प्रतियोगितामा भाग लिन सक्नेछन्, र उत्कृष्ट भिडियोहरूलाई चलचित्रमा समावेश गरिने बताइएको छ।

विवाहको माहौललाई चित्रण गर्दै तयार पारिएको यस गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र वसुन्धरा भुसाललगायतका कलाकारहरूलाई फिचर गरिएको छ। जयन जे वाइबाको सङ्गीत निर्देशन र शब्द रहेको यस गीतमा काली प्रसाद बास्कोटा र बबिना किराँतीको स्वर छ। गीतको कोरियोग्राफी प्रदीप लामा र केबीका खत्रीले गरेका हुन्।

यसअघि ‘बेहुली फ्रम मेघौली’को टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयासलाई चित्रण गरिएको छ, जहाँ उनले भेट्ने हरेक केटामा कुनै न कुनै समस्या देखा पर्छ, जसले गर्दा उनको विवाह सफल हुन सक्दैन।

‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो। साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र उनीहरूको पहिलो निर्देशन हो। चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन्। यो चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu