‘रेड कार्पेट मिरर वाल्क’ सहित चलचित्र ‘वर एण्ड वधु’ को भव्य प्रिमियर



काठमाडौं। देशभरका हलहरूमा शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘वर एण्ड वधु’को बुधवार साँझ ललितपुरको लाबिम मलमा भव्य प्रिमियर गरिएको छ। निर्देशक मिलन चाम्सले प्रिमियरलाई विशेष बनाउँदै ‘रेड कार्पेट मिरर वाल्क’ नामक कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार, र राजनीतिज्ञहरूको उल्लेखनीय उपस्थिति थियो।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो चलचित्र हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हास्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायतका व्यक्ति सहभागी भएका थिए। साथै, चलचित्रका मुख्य कलाकारहरू आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की पनि कार्यक्रममा उपस्थित थिए।

चलचित्र प्रदर्शनपछि, राप्रपाका अध्यक्ष लिङ्देनले चलचित्रलाई उत्कृष्ट भन्दै सबैलाई हेर्न आग्रह गरे। त्यस्तै, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि चलचित्रको दृश्य, कथावस्तु, कलाकारहरूको अभिनय र निर्देशनको प्रशंसा गरे। निर्देशक दीपाश्री निरौलाले चलचित्र समग्रमा उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै, आँखा शीतल हुने अनुभव व्यक्त गरिन्। हास्य कलाकार केदार घिमिरेले पनि चलचित्रको उच्चस्तरीय बनेको प्रतिक्रिया दिए।

निर्देशक सुयोग गुरुङले चलचित्र निकै रमाइलो भएको बताउँदै, निर्देशक मिलन चाम्सले दर्शकहरूको चाहनालाई ध्यानमा राखेर चलचित्र बनाएको बताए। नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिँदै, उनको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन्।

चलचित्र हेर्ने अधिकांश व्यक्तिहरूले नव–नायक विवेक कर्माचार्यको अभिनयको खुलेर प्रशंसा गरे, जहाँ विवेकको प्रस्तुति नयाँ नायकको रूपमा नलागेको बताइयो। ‘वर एण्ड वधु’ ले मल्टिप्लेक्सहरूमा उत्कृष्ट शो प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu