देशको इज्जत र प्रतिष्ठाको संरक्षणको पक्षमा ‘रेन्जर’ बन्दै



ranjer

नेपाली सुरक्षा संयन्त्रको कथालाई जोडेर नेपाली सार्वभौमिकता एवं इज्जत र प्रतिष्ठाको संरक्षणको पक्षमा उभिनुपर्ने सन्देश दिनेगरी नेपाली चलचित्र ‘रेन्जर’को बन्ने भएको छ । शुक्रवार राजधानीमा एक भब्य कार्यक्रम गरि यो चलचित्रक शुभ मुहर्त समेत गरियो । यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् ।

शुभ मुहर्त कार्यक्रममा पुर्व गृह मन्त्री खुमबहादुर खड्काले चलचित्रको व्यानर खोलेका थिए । कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्दा समाजको यथार्थ कथालाई चलचित्रहरुले विषय उठान गरेमा समाजमा भएर पनि नदेखीएका कतिपय कुराहरुलाई सबै माझ परिचित गराउन सघाउ पुग्ने बताए ।

चलचित्र हेर्नमा खासै समय नखर्चिने बताउँदै खड्काले चलचित्र क्षेत्रको विकासको लागी आफ्नो तर्फबाट हुन सक्ने सहयोग भने गर्दै जाने बताए । कार्यक्रममा नेविसंघका पुर्व अध्यक्ष प्रदिप पौडेलले ‘राष्ट्रियता भनेको नै देशको जनता अनि कला र संस्कृती भएकोले चलचित्रले राष्ट्रियताको पक्षलाई जोड्न लागेकोमा खुसी लागेको बताए ।

ranjer1
सीता सिम्खडा निर्माता र अच्युतराज अर्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दिनेश जंग खड्का, नन्दिता के.सी., सौजन्य सुब्बा, सुशिल पोखरेल, पुष्कर भट्ट, जेनी कुँवर, सुरज सिंह, भावना गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ ।

सुशिल पोखरेलको कथामा बन्ने यो चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठको रहने छ भने चलचित्रलाई रामशरण उप्रेतीले खिच्नेछन् । यो चलचित्रमा संगीत विकाश चौधरीको रहने छ । बिपिन मल्लले सम्पादन गर्ने यो चलचित्रमा सुमन खड्का र नन्द बहादुर बुढा सह-निर्माता रहेक छन् ।

चलचित्रले वीर गोर्खाली भनेर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाएको वीर नेपालीको गाथालाई बिशेष फोकश गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu