चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’मा रोमान्टिक पल र पुजा



काठमाडौं। हरितालिका तीजको विशेष अवसरमा भाद्र २१ गते रिलिज हुने नेपाली चलचित्र ‘रावायण’ को नयाँ रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय छ।

‘तिम्रै लागि’ गीतको गायनमा बलिउडका प्रसिद्ध गायक कुनाल गाँजावाला र सोनु कक्करले आवाज दिएका छन्। कुनाल गाँजावाला बलिउडमा ‘मर्डर’ चलचित्रको ‘भिघे ओठ तेरे’ जस्ता लोकप्रिय गीतहरूका लागि चिनिन्छन्, भने सोनु कक्करको ‘बाबु जी जरा धिरे चलो’ गीतले उनीलाई चर्चामा ल्याएको थियो। यी दुवै गायक-गायिकाहरूको उपस्थिति नेपाली सङ्गीत प्रेमीहरूका लागि एक विशेष उपहारको रूपमा रहेको छ।

गीतको शब्द कृष्णहरि बरालले लेखेका छन् भने सङ्गीत नीरज सिंहले कम्पोज गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। 

चलचित्र ‘रावायण’ का मुख्य कलाकारहरूमा पल शाह र पूजा शर्माका साथै प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतका कलाकारहरू रहेका छन्।

सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। पूजा शर्मा यस चलचित्रकी निर्मात्री हुन् भने कार्यकारी निर्माता सुशन पाठक हुन्।

चलचित्रको लेखन शिवम अधिकारीले गरेका छन्, भने पटकथा प्रदीप श्रीवास्तवले तयार पारेका छन्। सौरभ लामाले छायाङ्कन गरेको यस चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन्। चलचित्रमा समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, र विजय बस्यालको पोस्टर डिजाइन रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu