चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक: जितु नेपाल र नीति शाहको रोचक जोडी



काठमाडौं। आसन्न दसैँको अवसरमा असोज २४ गतेदेखि रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार जितु नेपाल र नायिका नीति शाहको रोचक जोडीलाई देखाइएको छ, जसले दर्शकहरूलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

टिजरमा जितु नेपाललाई एक हास्यपूर्ण तरिकामा प्रस्तुत गरिएको छ भने नीति शाहलाई हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ, जसले चलचित्रको रोमान्टिक र मनोरञ्जनात्मक पक्षलाई झल्काउँछ। 

‘ज्वाइँ साब’को निर्देशन बसन्त निरौलाले गरेका छन्। यसमा मिनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङको लगानी रहेको छ। कार्यकारी निर्माता विजय बस्याल हुन् भने शङ्कर धितालले लेखन, सविन अधिकारीले कथा, श्याम तामाङले छायाङ्कन, र सञ्जय थापाले एक्सन निर्देशन गरेका छन्। सङ्गीत अर्जुन पोखरेल र महेश ताम्राकारले दिएका छन्।

चलचित्रमा जितु नेपाल र नीति शाहसँगै बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र इशान राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu