‘वर एण्ड वधु’लाई पोखरामा उत्कृष्ट प्रतिक्रिया, ललितपुरमा ‘मिरर वाक’ प्रिमियरको तयारी



काठमाडौं। रोमान्टिक कमेडी जनरामा आधारित नेपाली फिल्म ‘वर एण्ड वधु’ शुक्रवारदेखि रिलिज हुने तयारीमा छ। यस चलचित्रको मोफसल प्रिमियर पोखरामा सम्पन्न भएको छ, जहाँ सभागृह चोकस्थित मिडटाउन हलमा मङ्गलवार बेलुकी कार्यक्रम आयोजना गरिएको थियो। 

प्रिमियरमा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, कलाकार कुसुम शर्मा र विजु पार्कीको उपस्थिति रहेको थियो। पोखरामा आयोजित प्रिमियरबाट फिल्मलाई अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए। निर्देशक चाम्सले प्रिमियरमा दर्शकहरूको राम्रो प्रतिक्रिया देखेपछि, फिल्मको प्रति दर्शकको रुचि उच्च रहेकोमा आफू विश्वस्त रहेको बताए।

बुधवार यो चलचित्रको ललितपुरको लाबिम मलमा ‘मिरर वाक प्रिमियर’ पनि आयोजना गरिने भएको छ। सम्भवतः नेपालमा पहिलो पटक ‘मिरर वाक प्रिमियर’ आयोजना हुन लागेको हो, जसमा उपस्थित अतिथिहरूलाई नयाँ शैलीको प्रिमियरको अनुभव गराउने विश्वास गरिएको छ।

‘वर एण्ड वधु’को छायाङ्कन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको छ। फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ, र कार्यकारी निर्माता अमित रिजाल हुन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu