चलचित्र ‘राजागंज: पूजा, सर’को टिजर: बालक अपहरण पछि प्रहरीको खोजी अपरेसनको कथा



काठमाडौं। दीपक रौनियारको निर्देशनमा बनेको नयाँ सोसल ड्रामा तथा एक्सन चलचित्र ‘राजागंज: पूजा, सर’को टिजर सार्वजनिक भएको छ। २ मिनेट ४ सेकेण्ड लामो यो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अपरेसनको कथा प्रस्तुत गरिएको छ। 

यो चलचित्रमा आशा मगराती मुख्य भूमिकामा छन्। टिजरमा आशाका अलावा पूर्व मिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायतका कलाकारहरू फिचर्ड भएका छन्। यसमा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको समेत अभिनय रहेको छ।

‘राजागंज: पूजा, सर’ दीपक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि तेस्रो निर्देशकिय फिचर चलचित्र हो। यसको वर्ल्ड प्रिमियर आगामी बिहीबार इटालीको भेनिस फिल्म फेस्टिभलमा हुँदैछ। प्रिमियरका लागि निर्देशक रौनियार र अभिनेत्री मगराती सहितका केही कलाकारहरू भेनिस जाँदैछन्।

प्रिमियर अघि नै यसको विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ। फ्रान्सको लागि एआरपी सेलेक्सन कम्पनीले राइट किनिसकेको छ, जसले यसअघि अस्कर मनोनीत चलचित्र ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’को वितरण गरेको छ। स्विजरल्याण्ड, जर्मनी र अस्ट्रियाका लागि ट्रिगोनले चलचित्रको प्रदर्शन अधिकार किनेको छ।

यो चलचित्रले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग प्राप्त गरेको छ। निर्माणमा आदि फिल्मस्का, बाँसुरी फिल्मस्का, र तन्हाउसर गेटका सदस्यहरूले सहकार्य गरेका छन्।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu