शिल्पा र आर्यनको नयाँ जोडी, कसरी लजाउलान त कार्तिकमा ?



lazza-poster

[dropcap][/dropcap]विराज प्रोडक्सनको व्यानरमा नवल नेपालले निर्देशन गरेको नेपाली चलचित्र ‘लज्जा’को पोस्टर सार्वजनिक गरिएको छ । कार्तिक ७ गतेको रिलिज मिति सहित सार्वजनिक पोस्टरमा आर्यन सिग्देल र शिल्पा पोखरेललाई देख्न सकिन्छ । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर धेरैको मन जितेकी शिल्पाको यो ठुलोपर्दाको डेब्यु चलचित्र हो ।

भर्खरै नोभेम्वर रेन हिट बनाएका आर्यनलाई लज्जाले थप उचाई दिने बिश्वास गरिएको छ । चलचित्र ‘लज्जा’मा संगीत चेतन सापकोटाको रहेको छ भने द्वन्द निर्देशन चन्द्र पन्तको रहेको छ । यो चलचित्रलाई मदन कास्यप घिमिरेले खिचेका छन् । यो चलचित्रलाई छबिराज ओझाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu