लक्ष्मीपूजामा पल शाह भर्सेस प्रदीप खड्का



काठमाडौं। दुई नेपाली चलचित्रहरू ‘मायावी’ र ‘एक्टरः टेक वन’ आगामी लक्ष्मीपूजाको दिन कात्तिक १५ गते एकसाथ रिलिज हुने भएका छन्। निर्देशक दिवाकर भट्टाईले ‘मायावी’ सो मितिमा रिलिज हुने पुष्टी गरे।

एक्टरः टेक वन’ले भने सो मितिलाई रिलिज तय गरिसकेको छ। यी दुई चलचित्रहरू रिलिजमा गजबको सनसनी हुनेछ। यसअघि जेठ १० गते रिलिज भएको चलचित्र ‘पुजार सार्की’मा एकसाथ अभिनय गरेका अभिनेताहरू प्रदिप खड्का र पल शाह अभिनीत दुई चलचित्रहरू यो मितिमा रिलिज हुनेछन्। ‘मायावी’मा पल र दिपिका प्रसाईँको प्रमुख अभिनय छ भने ‘एक्टरः टेक वन’मा प्रदिप, दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला लगायतको प्रमुख भूमिका रहेको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘मायावी’मा पल र दिपिकासहित सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डङ्गोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईँ लगायतका कलाकारको मुख्य भूमिका छ । ‘मायावी’ निर्देशक भट्टराईले आफ्नो चलचित्रको लागि सो मिति नै उपयुक्त रहेकोले रिलिजको निर्णय लिएको बताए।

‘मायावी’मा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माता राजु पराजुली, रमा प्रसाईँ र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रवीण भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको सङ्गीत, राम अविरलको गीत छ ।

‘एक्टरः टेक वन’मा प्रदिप, दिव्या, आना, राजबल्लभसहित सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको छ। थमन कुमार भण्डारी निर्माता रहेको ‘एक्टरः टेक वन’ अधृत फिल्म्सको प्रस्तुतिमा मोती फिल्मस्को निर्माणमा बनेको हो। चलचित्रको निर्देशन राजन भुसालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu