‘ठुलो मान्छे’ देशैभर रिलिज साथमा ‘आवरण’ र ‘पीपल’



thulo-manchhe-qd

युवा हरुको टिमले निर्माण गरेको चलचित्र ‘ठुलो मान्छे’ रिलिज भएको छ । बाल मनोविज्ञानमा आधारित रहेको यो चलचित्र देशैभर प्रदर्शनमा आएको हो । चलचित्रले वालवालिकाको चाहाना, स्वभाव र त्यो पुरा गर्नको लागी उनीहरुले गर्ने क्रियाकलापदेखी वालवालिकाको मनोवृतीलाई पुरा गर्न नदिने अभिभावकको प्रवृतीलाई पनि चलचित्रले जोडेको बताईएको छ ।

यो चलचित्रमा विद्यालयमा हुने शिक्षक र विद्यार्थीको सम्बन्ध सहित विद्यार्थीलाई ‘गाली गलौज’ र धम्कीको भर विना कसरी पनि पढाईमा ध्यान दिने बनाउन सकिन्छ त भन्ने कुरालाई पनि जोडिएको बताईएको छ । प्रदिप मिडिया प्रालिको व्यानरमा तयार यो चलचित्रमा प्रदिप खड्का र प्रमोद सुब्बाको लगानी रहेको छ ।

चलचित्र ‘ठुलो मान्छे’मा प्रशान्तसँगै केकी अधिकारी, कुशल, रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, शुष्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मित्रदेव गुरुङले सम्पादन गरेको यो चलचित्रमा पार्श्व संगीत एलिश कार्कीको रहेको छ । चलचित्रलाई सन्दिप श्रेष्ठ, सन्तोष केङ कार्की र निरज श्रेष्ठले खिचेका हुन् ।

त्यस्तै अन्य दुई चलचित्र ‘आवरण’ र ‘पीपल’ पनि यसै साता रिलिज भएका छन् । सुवास कोईराला निर्देशित ‘आवरण’लाई ‘एअर क्रियु प्रोडक्सन’ को प्रस्तुतीमा अनिल योञ्जनले निर्माण गरेका हुन् । निर्माता अनिलकै कथा रहेको यो चलचित्र ‘आवरण’मा प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, राजन ईशान, नरेश पौडेल, सुनिता ठाकुर, रश्मी भट्ट, सिमोन जङ्ग मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

राज्य लक्ष्मी कसजूको प्रस्तुतीमा निरञ्जन कसजूले निर्देशन गरेको पीपलमा अरुणिमा लम्साल, किशोर खतिवडा लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu