‘क्यूएफएक्स’ मल्टिप्लेक्स चेनमा उत्कृष्ट व्यवसाय गर्ने पाँच नेपाली चलचित्रहरूलाई अवार्ड



काठमाडौँ: नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले पछिल्लो आर्थिक वर्षमा आफ्नो हलमा उत्कृष्ट व्यवसाय गर्ने नेपाली चलचित्रहरू र तिनका निर्माता तथा वितरकलाई विशेष अवार्ड प्रदान गरेको छ। आइतबार होटेल सोल्टीमा आयोजित एक समारोहमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कमाइ गर्ने पाँच चलचित्रहरू ‘महाजात्रा’, ‘बोक्सीको घर’, ‘दिमाग खराब’, ‘पुजार सार्की’, र ‘भष्मे डन’लाई अवार्ड प्रदान गरिएको हो।

समारोहमा यी चलचित्रका निर्माता, निर्देशक, र कलाकारहरूले अवार्ड ग्रहण गरे। निर्माता तथा सङ्गीतकार सुवास भुसालले ‘पुजार सार्की’को लागि अवार्ड ग्रहण गरे त्यस्तै, ‘बोक्सीको घर’को लागि निर्माता तथा अभिनेत्री केकी अधिकारी, ‘महाजात्रा’को लागि निर्देशक प्रदीप भट्टराई र निर्माता तथा अभिनेता रबिन्द्र सिंह बानिया, ‘दिमाग खराब’को लागि निर्देशक तथा अभिनेता निश्चल बस्नेत, र ‘भष्मे डन’का लागि निर्देशक दीपेन्द्र के खनालले अवार्ड लिए।

क्यूएफएक्सले वितरण क्षेत्रमा पनि उत्कृष्ट कार्य गर्ने कम्पनीहरूलाई पनि सम्मानित गर्‍यो। अवार्ड प्राप्त गर्ने वितरण कम्पनीहरूमा एप्पल इन्टटेनमेन्ट, ए-एट् डिष्ट्रिब्युसन, ब्यांकटेस इन्टरटेनमेन्ट, एफडी कम्पनी, र डीसीएन रहेका छन्।

क्यूएफएक्सकी प्रबन्धक तृप्ति गिरीले समारोहमा क्यूएफएक्सको दुई दशकभन्दा बढीको मनोरञ्जन योगदानबारे चर्चा गरिन्। उनले नेपालमा चलचित्र हेराइको गुणस्तरलाई अभिवृद्धि गर्न क्यूएफएक्स प्रतिबद्ध रहेको बताइन्। कोभिड महामारीका कारण बिचमा रोकिएको अवार्ड समारोहलाई क्यूएफएक्सले पुनः निरन्तरता दिएको हो।

अहिले क्यूएफएक्सका १७ हलमा ४० पर्दा रहेका छन्, जसले नेपालमा मल्टिप्लेक्स संस्कृतिको विकासमा अग्रणी भूमिका खेलेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu