‘हन्टर’ बन्दै अरुण क्षेत्री



काठमाडौं। नेपाली चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ। यो चलचित्रले सुदूरपश्चिमको यथार्थपरक कथा प्रस्तुत गर्ने बताइएको छ।

सोमबार प्रमुख भूमिकामा अभिनेता अरुण क्षेत्री रहने जानकारीसहित शीर्षक डिजाइन सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो। यो चलचित्रको निर्देशन जीवन सिंहले गर्दैछन्, र यो उनको पहिलो निर्देशन हो।

सिंहले यस चलचित्रमार्फत सुदूरपश्चिमको एक वास्तविक पात्रको कथामा ‘सिनेम्याटिक लिबर्टी’ लिएर प्रस्तुत गर्ने योजना बनाएका छन्। निर्देशक सिंहले भने, “चलचित्र हन्टर वास्तविक पात्रको कथा हो तर, ‘सिनेम्याटिक लिबर्टी’ लिएर कथा भन्नेछौँ।”

चलचित्रको छायाङ्कन पनि सुदूरपश्चिमकै विभिन्न स्थानमा गरिनेछ, जसले यस क्षेत्रमा रहेको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

‘हन्टर’ क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति हो। यसमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ, जसमा पात्रको चरित्र, लोकेसन र कथा विकासको तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu