‘साम्बाला’ अभिनेत्री थिन्लेलाई बधाई दिँदै कलाकार सङ्घका अध्यक्षले भने, ‘तपाईँ अन्तर्राष्ट्रिय पहिचानको प्रतीक हो’



काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला ले अभिनेत्री थिन्ले ल्हामोलाई विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट “बोक्कालिनो डिओर” अवार्ड जितेकोमा हार्दिक बधाई दिएका छन्।

सामाजिक सञ्जालमा शेयर गरिएको बधाई सन्देशमा अध्यक्ष मोहन निरौलाले भनेका छन्, “तपाईँलाई यो ऐतिहासिक उपलब्धिको लागि हाम्रो तर्फबाट हार्दिक बधाई छ। तपाईँको ‘साम्बाला’ चलचित्रमा पेमाको चुनौतीपूर्ण जीवनयात्रा र साहसको भूमिकामा देखाइएको अद्वितीय अभिनयले नेपाली कलाकारहरूको विश्वसामु सशक्त उपस्थिति स्थापित गरेको छ। यो सफलता नेपाली चलचित्र उद्योगको मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली चलचित्र र कलाकारहरूको लागि पनि प्रेरणादायी उदाहरण हो।”

अध्यक्ष निरौलाले थपेका छन्, “तपाईँले प्राप्त गर्नुभएको यो अवार्ड नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय पहिचानको प्रतीक हो। भविष्यमा पनि तपाईँको करियरमा यस्ता धेरै सफलताहरू प्राप्त होस् भन्ने हाम्रो कामना छ।”

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu