‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक



काठमाडौं। आगामी असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरियो।

यो गीतमा सङ्गीतकार एसडी योगीको सङ्गीत निर्देशन र सुरेन्द्र रानाको शब्द रहेको छ। गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। ‘रुकुम मैकोट’ गीतमा चलचित्रका मुख्य कलाकार धिरज र उपासनासँगै अन्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ।भिडियोमा सुरेन्द्र राईले कोरियोग्राफी गरेका छन्।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको ‘खुस्मा’को लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन्। चलचित्रको निर्माणमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर रहेका छन्, भने सह-निर्माताको रूपमा सुस्मिता बुढाथोकी छन्। चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्।

‘खुस्मा’मा धिरज र उपासनाका साथ माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

मगर समुदायको परिवेशमा निर्माण गरिएको यस प्रेमकथामा जनयुद्धको प्रभावबिच अंकुराएको प्रेमलाई पर्दामा उतारिएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu