अवार्ड थाप्न हङ्कङ् पुग्दै नेपाली चलचित्र



7th-nefta

हालै मलेशियामा ‘छैठौ नेफ्टा फिल्म अवार्ड’ सम्पन्न गरेको नेपाल चलचित्र प्राविधिक संघले ‘सातौ नेफ्टा फिल्म अवार्ड’ हङकङमा गर्दैछ । यसको तयारी बिहिवारबाट सुरु भएको छ । बिहिवार राष्ट्रिय नाचघरमा सातौ नेफ्टा फिल्म अवार्डको उद्घाटन गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै वलवित्र उमा प्रदर्शन गरिएको थियो । प्राविधिक संघमा दर्ता भएका ६० चलचित्र हेर्ने काम सुरु भएको छ । अवार्डमा गतबर्ष प्रदर्शनमा आएका चलचित्रले प्रतिष्पर्धा गर्दैछन् । निर्णायक टोलीमा भरत शाक्य, रक्षा सिंह राणा, विश्वेष श्रेष्ठ, प्रभाकर देव शर्मा र राम शंकर प्रधान रहेका छन् ।

केहि दिनमा नै हङ्कङ्मा अवार्ड गर्ने सम्झौता हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu