सन्तोष लोक्सम बने ‘मिस्टर नेपाल वर्ल्ड २०२४’



काठमाडौं । सन्तोष लोक्समले शनिवार राती होटेल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि जितेका छन्। उनले पुरुष सौन्दर्यको प्रतिष्ठित ‘मिस्टर वर्ल्ड’को नेपाल संस्करणको उपाधि हात पारेका हुन्।

उनले ५ लाख रुपैयाँ बराबरका विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् भने लोक्समलाई नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको छ।

सो प्रतियोगितामा योगेश श्रेष्ठलाई मिस्टर ग्लोबल नेपालको उपाधि प्राप्त भएको छ भने आयुष दुलाललाई म्यान अफ द वर्ल्ड घोषित गरिएको छ। आदेश प्रधानले फस्ट रनरअप र आयुष बमजनले सेकेन्ड रनरअपको उपाधि जितेका छन्।

सह विधा पुरस्कारका रूपमा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरियो। आयुष बमजनलाई मस्ट पपुलर, आदेश प्रधानलाई पब्लिक च्वाइस, आयुष दुलाललाई बेस्ट पर्सनालिटी, पिन्टु सन्याललाई मिस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठलाई फोटोजेनिक, साकार बजिमयलाई इन्टलेक्चुअल, र मनोज गुरुङलाई फिजिकको पुरस्कार प्राप्त भएको छ।

अन्य सह विधामा सन्तोष लोक्समलाई म्यान विथ एलिगेन्स, प्रकाश चौहानलाई मस्ट एक्टिभ, पियूष श्रेष्ठलाई मेन च्वाइस, समीर तिमल्सिनालाई बेस्ट स्किन, अनिकेश प्रजापतिको बेस्ट हेयर, सिजल कपालीलाई फेसनिस्टा, अग्रज श्रेष्ठलाई स्टाइल आइकन, र मनोज गुरुङलाई बेस्ट स्पोर्टसम्यानसिपको पुरस्कार दिइएको छ।

यस प्रतियोगितामा ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए। फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा, र सन्दीप पोखरेल निर्णायक थिए। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu