चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक



काठमाडौं। चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ। यो टिजर हिन्दी चलचित्र ‘स्त्री २’सँगै हलमा रिलिज गरिएको थियो र शनिवार युट्युबमा उपलब्ध गराइएको छ। चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।

टिजरमा ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयासलाई चित्रण गरिएको छ, जहाँ उनले भेट्ने हरेक केटामा कुनै न कुनै समस्या देखा पर्छ र उनको विवाह सफल हुन सक्दैन।

‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको छ। चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, भोला सापकोटा, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मी लगायतको अभिनय रहेको छ।

चलचित्रको लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका छन्, यो उनीहरूको पहिलो निर्देशकिय काम हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा उनका पति निश्चल बस्नेतले सघाएका छन्। कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे हुन्। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu