‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवालको प्रमुख भूमिका रहने




काठमाडौं। अभिनेता राज कटुवाल निर्माणाधीन नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ मा अनुबन्धित भएका छन्। यो चलचित्रमा अभिनयसँगै कटुवालको चलचित्र अभिनय यात्रा व्यावसायिक रूपमा नै अगाडि बढेको छ।

दिवाकर भट्टराईको निर्देशनमा बन्ने यो चलचित्र एक्सन र सोसल ड्रामाको सङ्गम हुनेछ। यसमा राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही जस्ता कलाकारहरूको सहभागिता रहेको छ। कटुवालको प्रवेशसँगै यसका मुख्य कलाकारहरूको लाइन अप पूरा भएको निर्देशक भट्टराईले बताएका छन्।

अभिनेता कटुवालले निर्देशकले आफूलाई ठुलो जिम्मेवारी दिएको र आफ्नो कसम पूरा गर्नको लागि थप मेहनत गर्ने बताए। ‘नरसिंहाः अवतार’ भदौको अन्तिम साताबाट छायाङ्कनमा जानेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu