‘देवी’को शीर्ष गीत सार्वजनिक



काठमाडौं। भदौ २१ गते रिलिज हुने नेपाली चलचित्र ‘देवी’को शीर्ष गीत शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतमा प्रमुख भूमिकामा अभिनेत्री शिल्पा मास्के फिचर्ड छिन्।

गीतको सङ्गीत निर्माता र शब्द रचनाकार रोहित शाक्य हुन्, जसले स्वप्निल शर्मासँग मिलेर कम्पोज र स्वर दिएका छन्। मिङ्मा डि लेप्चाको कोरियोग्राफी र निर्देशनमा तयार भएको यो गीतमा वशिष्ठ घिमिरेको छायाङ्कन, उज्ज्वल जोशीको कलर, र सन्तोष दवाडीको सम्पादन समावेश छ।

‘देवी’ एक क्राइम थ्रिलर जनरामा निर्माण गरिएको चलचित्र हो, जसका डिओपी जोएल फ्रोम र निर्देशक सञ्जोग राई हुन्। चलचित्रको पटकथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा तयार भएको यो चलचित्र प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरिएको छ।

चलचित्र ‘देवी’ नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने तयारी गरिएको छ। यसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जङ्ग खड्का, र विकास पन्तको अभिनय देख्न सकिन्छ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माणमा रहेको यो चलचित्रको कार्यकारी निर्माता जावेद खान हुन्। सह-निर्माताका रूपमा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा रहेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu