‘लाज शरणम्’मा हरिस निरौला (कक्रोज)ले पनि अभिनय गर्ने



काठमाडौं। निर्माणाधीन चलचित्र ‘लाज शरणम्’को कलाकार चयन र प्रि-प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। पछिल्लो पटक यस विषयमा एक महत्त्वपूर्ण अपडेट आएको छ, दर्शकमाझ ‘कक्रोज’ उपनामले परिचित कलाकार हरिस निरौलाले पनि यो चलचित्रको एक प्रमुख भूमिकामा अभिनय गर्नेछन्।

यस चलचित्रमा चर्चित हास्य टेलि शृङ्खला ‘सक्किगोनी’ टिमका कलाकारहरूको प्रमुख उपस्थिति रहनेछ। यसअघि सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणि नेपाल (खुपीका बाउ), राम भजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी)लाई अनुबन्धित गरिसकिएको छ। हरिस निरौला पनि सो शृङ्खलाका प्रमुख कलाकार हुन्।

शृङ्खला बाहिरका कलाकारमा महेश त्रिपाठी, रेणुनाथ योगी, मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय सुनिश्चित गरिसकिएको छ।

कुमार कट्टेलले निर्देशन गर्ने तथा सुदीप बरालले छायाङ्कन गर्ने चलचित्रको छायाङ्कन आगामी भदौ तेस्रो साताबाट सुरु हुने तयारी रहेको छ। यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज गर्ने बताइएको छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको निर्माणमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu