‘रावायण’को ट्रेलरले युट्युबमा धमाका



काठमाडौं। चलचित्र ‘रावायण’को ट्रेलर नेपालको लागि चलचित्र सेक्सनमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। बिहीबार सार्वजनिक भएको ट्रेलरले १९ घण्टामै १० लाख ६३ हजार ३ सय ६० भन्दा बढी भ्युज र ३९ हजार ‘लाइक’ पनि प्राप्त गरेको छ। ट्रेलरमा ४ हजार ७ सय ४२ कमेन्ट पनि आएका छन्। यो आँकडा नेपाली चलचित्रका लागि उत्साहजनक हो।

चलचित्रका निर्देशक सुदर्शन थापाले ट्रेलरको सफलतामा खुसी व्यक्त गरेका छन्। उनले भने, “टिजर र गीतले हामीलाई उत्साह दिएको थियो, ट्रेलरले त्यसलाई अझ बढी प्रोत्साहन दिइरहेको छ। १९ घण्टामा १० लाख दर्शक प्राप्त गर्नु सामान्य कुरा होइन। हाम्रो तीन वर्षको मेहनत अहिले फलदायी भइरहेको छ।”

ट्रेलरमा प्रेम र द्वन्द्वको कहानीलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ। नायिका पुजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छन्, भने नायक पल शाहले चलचित्रमा दोहोरो भूमिका निर्वाह गरेका छन्।

यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको हो। शर्मा चलचित्रकी निर्माता हुन् भने सुशन पाठक कार्यकारी निर्माता हुन्।

चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्त कुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।

चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका छन्। चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu