‘चलचित्र पत्रकारिता सम्मान – २०७१’ विदुर गिरीलाई



journalist-samman

[dropcap][/dropcap]लचित्र पत्रकार संघले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान-२०७१’ विदुर गिरीलाई दिने निर्णय गरेको छ । साथै यस बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार-२०७१’ कृष्ण भट्टराई र राज श्रेष्ठलाई दिने निर्णय गरेको छ । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बिहिबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका विदुर गिरी विगत २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ कामना मासिक पत्रिकाको सम्पादक र नेपाल समाचारपत्रको समाचार सम्पादकसमेत हुनुहुन्छ । सम्मानित गिरीलाई ताम्रापत्रसहित सम्मान गरिनेछ ।

त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने पत्रकार कृष्ण भट्टराई कान्तिपुर पब्लिकेशनको साप्ताहिकका वरिष्ठ उप-सम्पादक हुनुहुन्छ । अर्का पत्रकार राज श्रेष्ठ स्टार एफ एमका कार्यक्रम संयोजक एवं प्रस्तोता तथा कलिउड खबर डटकमका सम्पादक हुनुहुन्छ । पुरस्कृत दुई चलचित्र पत्रकारहरुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ ।

यस्तै चलचित्र पत्रकार संघले नेपाल पत्रकार महासंघका लागि पार्षद रहनुभएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी हुनुभएका ध्रुव लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय गरेको छ ।

चलचित्र पत्रकार संघले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा सम्मानित एवं पुरस्कृत पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । वि.सं २०५८ सालदेखि पत्रकारिता पुरस्कार प्रदान एवं २०५९ सालदेखि चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu