चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक, पल शाहको नयाँ अवतार



काठमाडौंः हरितालिका तीजको अवसरमा भदौ २१ गते रिलिज हुने प्रतीक्षित चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ।  चलचित्रमा अभिनेता पल शाहले दोहोरो भूमिका निभाएका छन्, जसले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ। ट्रेलरमा पल शाहको दमदार अभिनयको झलक देख्न सकिन्छ।

ट्रेलरमा अभिनेत्री पुजा शर्मा पत्रकारको भूमिकामा प्रस्तुत भएकी छन्। प्रियङ्का कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, कैलाश रावल, अर्जुनजंग शाही लगायतका कलाकारहरूको समेत सशक्त उपस्थिति ट्रेलरमा देख्न सकिन्छ। 

चलचित्रको मुख्य कथावस्तु तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिमा आधारित रहेको ट्रेलरले सङ्केत गरेको छ। चलचित्रको लेखन शिवम अधिकारीको रहेको छ। सौरभ लामाले छायाङ्कन गरेको यस चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, रेवनसहित नीरज सिंहको सङ्गीत र श्री श्रेष्ठको द्वन्द्व रहेको छ।

यसअघि सार्वजनिक गरिएको गीत र ‘एक्सन प्याक्ड’ टिजरले दर्शकलाई आकर्षित गरिसकेको अवस्थामा ट्रेलरले चलचित्रप्रतिको उत्साहलाई अझै बढाएको छ। 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu