‘आँखा’को टिजरमा सुकुम्वासी बस्तीको कथा



काठमाडौं। असोज ११ गते रिलिज हुने नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ। टिजरमा काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्ती, यसका समस्या र सरकारले हेरेको दृष्टिकोणलाई समावेश गरिएको छ। टिजरमा सबै प्रमुख कलाकारलाई परिचय गराइएको छ।

टिजरले सुकुम्वासी बस्तीलाई पृष्ठभूमिमा राखेर समाजको चित्रण गर्ने प्रयास गरेको छ। निर्देशक जोन योन्जनले यसको कथा, पटकथा लेखन र निर्देशन गरेका छन्। चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो। सम्पादन कृष्ण भण्डारी र निर्देशक योन्जनले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ। आरआर फिल्म्सले वितरण गर्दैछ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्। निर्देशक योन्जनले ‘आँखा’ ले व्यक्तिदेखि समाजसम्मको वास्तविकता चित्रण गर्ने बताए, जसले नेपाली समाजको एक महत्त्वपूर्ण पाटोको यथार्थता उजागर गर्नेछ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu