ठुलोपर्दा डटकम, काठमाण्डौ। पछिल्लो समय बलिउडमा नजिकिएका दुई जोडी दिपिका पादुकोण र रणविर सिंहद्धारा अभिनित चलचित्र ‘रामलिला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो निर्देशक संजय लिला भन्सालीको चौथो चलचित्र हो । उनले यसअघि सन् १९९१ ‘हम दिल दे चुके सनम’ चलचित्र निर्देशन गरेका थिए जुन सुपरहिट भएको थियो ।
त्यतीबेला ऐश्वर्य र सलमानलाई जोडी बनाएका भन्सालीले यसपाली भने वास्तविक जिवनमा पनि प्रेमि–प्रेमिकाको चर्चा पाएका दिपिका र रणविरलाई रोमान्टीक जोडीको रुपमा ल्याएका छन् । चलचित्रमा रणविर राम र दिपिका लिलाको भुमिकामा रहेको बताइएको छ ।