‘पिताम्बर’मा दयाहाङ राईको प्रवेश, नेपाली चलचित्रले पर्खिरहेको बहुप्रतीक्षित स्टार लाइनअप



काठमाडौंः नेपाली चलचित्र ‘पिताम्बर’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। यससँगै यो चलचित्रमा अहिले सम्मकै सबैभन्दा सनसनीपूर्ण कलाकारहरूको लाइनअप तयार भएको छ। अभिनेता आर्यन सिग्देलको प्रवेशपछि नै चर्चा बटुलिरहेको ‘पिताम्बर’ अब दयाहाङ राईको उपस्थितिले थप चासोको विषय बनेको छ।

चलचित्रका वितरक रोहित कट्टेलले हालै अभिनेता दयाहाङ राई र निर्देशक कृषा चौलागाईंले स्क्रिप्टमा सँगै काम गरिरहेको तस्बिर सार्वजनिक गरेका छन्। यो तस्बिरले चलचित्रप्रति दर्शकहरूको अपेक्षालाई अझै बढाइदिएको छ। प्रदीप खड्का र दयाहाङ राईले यो फिल्ममार्फत पहिलो पटक सँगै अभिनय गर्ने भएका छन्, जुन कुरा दर्शकहरूका लागि विशेष रहन सक्नेछ। साथै, आर्यन सिग्देल र दयाहाङ राईले भने यसअघि ‘मेरो एउटा साथी छ’ र ‘लोफर’ चलचित्रमा सँगै काम गरिसकेका छन्।

अब दयाहाङ राई, प्रदीप खड्का, आर्यन सिग्देल, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी जस्ता कलाकारहरूको यो चलचित्रमा सहभागिता हुने निश्चित भएको छ। यस्तो बलियो कलाकारहरूको जमघट नेपाली चलचित्र क्षेत्रमा कमै देख्न पाइन्छ।

‘पिताम्बर’को दोस्रो चरणको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुँदैछ। यसअघि नवलपरासीको त्रिवेणी धाममा शुभ मुहूर्त गर्दै पहिलो चरणको छायाङ्कन सम्पन्न भएको थियो। यस पटकको छायाङ्कनमा दयाहाङ राई, आर्यन सिग्देल, प्रदीप खड्का र सौगात मल्लको विशेष उपस्थितिले यो फिल्मलाई अर्को उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu