बरिष्ठ नृत्य निर्देशक रायमाझी सम्मानित, ‘सेन्सरमा गाई चराउने’



dance-1

नेपाल चलचित्र नृत्यकार संघले बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीलाई सम्मान गरेको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि नेपाली चलचित्र क्षेत्रको नृत्य निर्देशन विधामा पुर्‍याएको योगदान र सबै नृत्य निर्देशकका अविभावक भएको भन्दै सम्मान गरिएको हो ।

उक्त अवसरमा चलचित्र विकास बोर्डमा मनोनित सदस्यहरु राजेन्द्र केसी र रुपा राना साथै चलचित्र जाँच समितीमा मनोनित सदस्यहरु शुरेस दर्पण पोखरेल र मेलिना मानन्धरलाई पनि सम्मान गरिएको थियो । त्यस्तै, नेपाल द्वन्द्व कलाकार संघका नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । श्रेष्ठ लगातार दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

dance-2

कार्यक्रममा बोल्दै प्रमूख अतिथी चलचित्र निर्माता संघका अध्यक्ष राजकुमा राईले यसअगि सेन्सर बोर्डमा गाई चराउने मान्छे रहेको तर वर्तमान सरकारले चलचित्रकर्मीको मागलाई ध्यानमा राख्दै चलचित्रकर्मी नै नियुक्त गरेको बताए ।

नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले नृत्य निर्देशक संघ चिन्दै नचिनेको संघ भएको बताए । नृत्य निर्देशक संघले पनि एकै समयमा छुट्टै स्थानमा बरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान कार्यक्रम राखेको थियो । पाख्रिनले रोष प्रकट गर्दै नेपाली चलचित्रका टाउके सबै नृत्यकार संघको कार्यक्रममा आएकोले अर्को कार्यक्रमको अर्थ नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu