काठमाडौं: नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगरमाथि लागेको विवादास्पद आरोपपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले सङ्घको अनामनगरस्थित कार्यालयमा छापा मारेको छ।
अध्यक्ष मगरले साङ्गीतिक कार्यक्रमको नाममा गैर-कलाकारलाई अस्ट्रेलिया पठाउन नक्कली कागजात प्रयोग गरेको आरोपमा ब्युरोले सङ्घको गतिविधिहरूको छानबिन थालेको हो।
प्रहरी टोलीले सङ्घको कार्यालयबाट केही महत्त्वपूर्ण कागजात र कम्प्युटर बरामद गरेको छ। सङ्घका पदाधिकारीहरूको उपस्थितिमा यी सामग्रीहरू बरामद गरिएको हो।