काठमाडौँमा ‘सतीदेवी’को प्रिमियर, दर्शकबाट सकारात्मक प्रतिक्रिया



काठमाडौं: शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को मङ्गलवार साँझ राजधानीको काठमाडौँको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ। प्रिमियर समारोहमा फिल्मकर्मी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।

प्रिमियरमा निर्देशक लक्ष्मण सुवेदी, प्रमुख अभिनेत्री मलिका महत, सन्दीप बाबु लोहनी लगायतका कलाकार र प्राविधिकहरू सहभागी थिए। फिल्मले प्रिमियरमा उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

दर्शकहरूले फिल्मको कथा र सन्देशको प्रशंसा गर्दै यसले लैङ्गिक समानताको पक्षमा सशक्त सामाजिक सन्देश दिन सफल भएको बताए। साथै, फिल्मको कलात्मक पक्ष र अभिनयमा देखिएको परिपक्वतालाई पनि दर्शकहरूले सराहना गरे।

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको ‘सतीदेवी’मा मलिका महतले मुख्य भूमिका निर्वाह गरेकी छन्। उनले लमजुङ जिल्लाकी ग्रामीण युवती सतीदेवी अधिकारीको पात्रमा जीवन्त अभिनय गरेकी छन्।

फिल्ममा मलिका महतसहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी र जगदीश अधिकारीको अभिनय रहेको छ। श्रीदेवी, दिलासा र सारा सुवेदीको निर्माणमा बनेको यस फिल्मको प्रस्तुत कर्ता दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया हुन्। फिल्मको पटकथा र संवाद पनि लक्ष्मण सुवेदीले नै तयार पारेका हुन्।

फोटोः परिचय डटकम

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu