‘बुलाँकी’ श्रीलङ्काको ‘जाफना अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ मा छनोट



काठमाडौं। नेपाली चलचित्र ‘बुलाँकी’ श्रीलङ्कामा आयोजना हुने प्रतिष्ठित सिनेमा महोत्सव ‘जाफना अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ मा छनोट भएको छ। निर्माता तथा अभिनेता बिराज बिस्टले चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा स्थान पाएकोमा खुसी व्यक्त गरेका छन्।

बिराज बिस्टले तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको मेहनतले अन्ततः सार्थकता पाएको भन्दै यो उपलब्धि नेपाली चलचित्र क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए। बिस्टले भने, “श्रीलङ्काको प्रतिष्ठित सिनेमा महोत्सवमा हाम्रो फिल्म ‘बुलाँकी’ छनोट भएकोमा म हर्षित छु। नेपाली चलचित्र घरमा प्रदर्शनरत हाम्रो चलचित्रले आगामी हप्तादेखि अन्तर्राष्ट्रिय प्रदर्शनी थालनी गर्ने तयारी गरिरहेको छ।”

चलचित्रले नेपालभित्र मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छाप छोड्न सफल हुनेमा आफू आशावादी रहेको बताउँदै उनले दर्शकलाई आफ्नो नजिकको सिनेमा घरमा ‘बुलाँकी’ हेरी प्रतिक्रिया दिन अनुरोध गरे। 

लक्ष्मण सुनारले निर्देशन गरेको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिस्ट लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu