चलचित्र पत्रकार सङ्घ नेपालको युएई च्याप्टर गठन



दुबई। चलचित्र पत्रकार सङ्घ नेपालको पहिलो विदेश शाखा युएईमा गठन भएको छ। वरिष्ठ रङ्ग पत्रकार कमल श्रेष्ठको संयोजकत्वमा दुबई च्याप्टर स्थापना गरिएको हो।

सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी र महासचिव रघुनाथ सापकोटा दुबईमा आयोजित सीएनए इन्टरनेशनल अनर अवार्डमा सहभागी हुन पुगेका अवसरमा दुबई च्याप्टर गठन गरिएको थियो। 

दुबई हाल नेपाली कलाकारहरूको केन्द्र बन्दै गएको छ, जहाँ भिडियो, छोटा चलचित्र र नेपाली चलचित्रको छायाङ्कन हुने गरेको छ। यसैलाई मध्यनजर गर्दै, दुबईमा नेपाली कला, साहित्य, र मनोरञ्जनको प्रवर्द्धनका लागि पत्रकारिताको आवश्यकताका कारण सङ्घको च्याप्टर गठन गरिएको केन्द्रीय अध्यक्ष बलामीले बताए।

संयोजक श्रेष्ठको नेतृत्वमा सचिव अनुराग परिहार र सदस्यहरू सन्नी प्रधान, खिमलाल पाण्डे, केशव कटवाल, चित्र तामाङ, राम गुरुङ र देबु अर्याल सहितको कार्यसमिति गठन गरिएको छ। आगामी ६ महिनाभित्र साधारण सभा गरी पूर्ण कार्यसमिति बनाउने योजना रहेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu