‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते रिलिज हुने



काठमाडौँ: जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा अभिनेत्री निता ढुङ्गानाको निर्माणमा बनेको सिनेमा ‘ह्रस्व दीर्घ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि असोज ३ गते रिलिज हुने तयारीमा रहेको सिनेमा प्राविधिक काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको हो। अब कार्तिक ३० गते यो चलचित्र रिलिज हुने भएको छ।

यसको पोस्ट प्रोडक्सनको काम अहिले भारतको मुम्बईमा भइरहेको छ। दर्शकलाई उत्कृष्ट मनोरञ्जन दिने उद्देश्यले प्राविधिक पक्षमा कुनै सम्झौता नगरिएको अभिनेता हरिहर अधिकारीले बताएका छन्। 

‘ह्रस्व दीर्घ’मा हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा तथा संवाद प्रतीक पौडेल, चन्द्र पन्त र हरिहर अधिकारीले तयार गरेका छन्। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले यसको छायाङ्कन गरेका छन्। 

चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ। पोस्टर डिजाइन विजय बस्यालले गरेका छन् भने मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरणको गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu