दुबईमा पल, रेखा र प्रताप दाससहितको भव्य साङ्गीतिक साँझ, सिएनए इन्टरनेशनल अनर अवार्ड सम्पन्न



दुबई। शनिवार दुबईको क्लब एसके सेभेनमा आयोजित सिएनए इन्टरनेशनल अनर अवार्डले दुबईलाई नेपाली साङ्गीतिक माहौलमा झुमाएको छ। अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह लगायत आधा दर्जन कलाकारले दर्शकलाई नचाउँदै र गाउँदै रमाइलो गराए। 

सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा पल शाह र प्रताप दासले पपुलर अभिनेता र पपुलर गायकको अवार्ड हात पारे।  

कार्यक्रममा नेपाली कला, साहित्य, चलचित्र र सामाजिक योगदानका लागि विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान पनि गरियो। चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामीले कार्यक्रम सञ्चालन गरेका थिए। 

आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले यो कार्यक्रमले नेपाल र दुबईबिच सांस्कृतिक सम्बन्ध थप मजबुत बनाएको बताए। उनले कार्यक्रममा १५ सयभन्दा बढी दर्शकको उपस्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu